Sunday, March 8, 2015

स्तब्ध

स्तब्ध!!!

कुरा यो नौ वर्ष
अघिको हो
Umm actually, दुई महिना अघिको
हुन त हिजो अस्ति भर्खर घटेको जस्तो नि लाग्छ
हैन हैन यो त एतौ कतै घतिरहेकै घटना हो

ाँधमा किताबको भारि झोला
मनमा केहि नया कुरा सिक्ने आतुरता
अनि आँखामा थुप्रै सजिएका सपनाहरु बोकेर
लामा लामा पाइला चाल्दै स्कूल हिडेकी मेरी साथी टक टक टक
अचानक रोकिन्छे!!
जब भित्तामा पिसाब फेरिरहेको एक अधबैसे मान्छेले
आएर समात्छ उसको हात झ्याप्प
स्तब्ध !!

मनमा अनेक त्रास तर ओठमा शब्दको अभाब
जब कुनै लाजशरम बिना त्यस व्यक्तिले आफ्नो गुप्ताङ्ग देखाउन थाल्छ
ऊ आत्तिन्छे, चिच्यौछे बचाउ बचाउ हेल्प
But her scream disappears in the silence of air
स्तब्ध  !!

सुष्मा के भयो भनी क्लास्मा मैले सोधेँ
कापेको शरीर, ज्वोरोले हन्हनिएको निधार
अनि सिधै कोअर्डीनेटरको ढोका ढकढक्याउन पुग्येउँ हामी ढक ढक
"धन्न केहि अनर्थ भएनछ, ल भैगो अब छोडिदेउ चुप लागेर बस"
उहाको जवाफ!
हामी स्तब्ध !!
The mental trauma that she went through and the fear that still eats her up when she walks that road
के त्यो अनर्थ हैन?
सायद हाम्रो कच्चा मगजले बुझेन होला उहाँको शिक्षित दिमागले जति
कि अनर्थ शब्दले त उनी दिनदहाडै बलात्कृत भै छिया छिया हुनु पो भन्दो रहेछ
अनर्थको अर्थ तेतीमै सिमित रहेछ
स्तब्ध !!

पांच वर्ष पहिला भर्खर कल्कलाउदो वैशमा प्रवेश गर्दा
मलाइ नि लाग्थ्यो ऊ त्यो केटाले मलाई फर्केर हेर्दियोस
मलाई नि हेरेर कसैले गीत गाइदियोस
मलाई नि उसले attention दियोस
तर अस्ती भर्खर बुधबार बसन्तपुरको गल्लीमा
जब एक अन्जान ठिटो ठेसृदै आएर छुन खोज्छ स्तन
and smacks me on the ass
फर्केर तेस्को कपाल समाती भुइमा पछारेपछी
अनि बल्ल पो बुझे मैले कि फर्किनु पर्ने त मैले पो रहेछ
attention दिने पालो त मेरो पो रहेछ

लगाऊ त लगाऊ म छ इन्चको हाइ हील्स
या लगाएर घुमुँ दर्बार मार्ग एत्रै मिनिस्कर्ट
समातेर हिडौँ साथीको हात या गरूँ उसंग अलिअलि फ्लर्ट
जीवनका यी ससाना खुशी त हुन् मेरै अधिकार
अनि किन पोल्छ तिम्रो मन जब छैन यसमा तिम्रो बिगार
यतिकैमा दीहाल्छौ social tag? कि फलानाकी छोरी त बिग्रिछ यार
स्तब्ध !!

सिकाइयो रे उनलाई छोरी नलगाउ स्कर्ट
तर भनिएनछ छोरा, do not stare at her thighs
गालि खाइन रे उनले बेस्सरी, घर अबेर आएकोमा
तर बाबाले भन्नुभो रे उसलाई – Enjoy your life son, it’s your right
स्तब्ध !!

गरि नै सकिस तैले उसको अश्मितामा प्रहार
तर कुन मुखले भन्न सकिस ए राक्षस

बस्नु पर्छ अरे ऊ चुप जब हुन्छ उसको बलात्कार
कि आइज जे गर्नु छ, शरीर मेरो मास?
स्तब्ध !!

अशिक्षितले त भने भने
, तिमी त तेत्रो पढेको
कानुन शास्त्रमा विद्यावारिधी रे (हाहा)
भेट्टाएमा कुनै केटाको हात समातेर हिँडेको
आफ्नै छोरी चेलीलाइ जलाइदिञ्छ रे
स्तब्ध !!

एतै कतै कसको टी-सर्ट प्रिन्टमा देखेथेँ

I was born intelligent but education ruined me  रे
सायद कतै कतै साच्चै तेस्तो हुँदो रहेछ कि कसो है?
ल भनौँ न अब हामी कता छ खोट?
मैले लगाको हाई-हील्समा? उसले लगाको मिनी-स्कर्टमा?
उसले गरेको मकेअपमा? या उसको डान्स पार्टी जाने इच्छ्यामा?
ल खोजौँ त कतै, लेखेको पो छ कि?- Come RAPE ME
या उसको सुन्दर मुहार नै दुश्मन ठहरियो लेखेको छ कि?- Come Acid Attack me
स्तब्ध !!

या सोचौ एकपटक हाम्रै सोँचमा पो छ कि दोष?
हुन त समानताको बिगुल फुक्दै हिँड्ने हामी,
 नारी पुरुष एक छैन कुनै भेद, सक्छ्यम दुवै उत्तिकै, उत्तिकै छ जोश (sigh)
Oh please! Give me a break

के समानताले उसको अस्तित्व माथि प्रश्न उठाएको हो?
के समानताले दिएको हो त्यो अपराधीलाई खुला समाजमा घुम्ने अधिकार?
के समानताले सिकायो उसलाई बन्न- स्तब्ध ??
अब पुग्यो झुक्दैनौँ कसै सामु
आधा आकाश ढाकेका हामी, हुदैनौँ कसैसामु स्तब्ध!!!


No comments:

Post a Comment